स्वास्थ्य

युनाइटेड अजाेड इन्स्योरेन्स लिमिटेडले समुदायमा संचालन गरेकाे घुम्ती बिमा सम्पन्न

मंसिर ८

अछामको मंगलसैन नगरपालिकामा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले स्थानीय समुदायको आवश्यकता र मागलाई मध्यनजर गर्दै मगलसेन नगरपालिकाका विभिन्न वडाहरूमा घुम्ती बिमा कार्यक्रम सनिवार   सम्पन्न गरेकाे छ ।

मंसिर २ देखि ८ गते सम्म आयोजना गरेकाे घुम्ती शिविरमा पशुधन जस्तै गाई, भैंसी, गोरु, र बाख्राको बिमा सम्बन्धी जानकारी तथा सेवा प्रदान गरिएको छ।

साथै, किवी र टिमुर खेतीमा लागेका कृषकहरू सँग छलफल गरी उनीहरूलाई बिमा प्रक्रिया, यसको लाभ, र सुरक्षित कृषि अभ्यासबारे जानकारी दिइएको थियो।

शिविरले किसानहरूलाई आफ्ना सम्पत्तिको जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

कार्यक्रममा साखा प्रमुख प्रेमराज रेग्मी, प्राविधिक होमराज जोशी, र अभिकर्ता नवीन बोगटीको विशेष उपस्थिति रहेको थियो।

उनीहरूले कृषकहरूलाई बिमाका फाइदा र यसको महत्त्वबारे प्रस्ट्याउँदै उनीहरूको जिज्ञासाहरू समेत  समाधान  गरेका थिए।

यो प्रयासले स्थानीय किसानहरूको आत्मनिर्भरता र आर्थिक सुरक्षामा थप टेवा पुग्ने विश्वास गरिएको छ।

घुम्ती बीमा कार्यक्रमको सातौँ दिनमा,मंगलसेन नगरपालिका–९ मा रहेको गायत्री कृषि तथा पशुपन्छी फार्ममा  किसानहरूसँग बीमासम्बन्धी छलफल सहित   केरा खेती गर्ने कृषकहरूलाई लक्षित गर्दै  बीमाको आवश्यकता, यसको प्रक्रिया, तथा यसबाट किसानहरूले प्राप्त गर्न सक्ने लाभहरूबारे विस्तृत जानकारी प्रदान गरिएकाे थियाे ।

कृषकहरूलाई प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरण गर्न बीमा प्रक्रियाप्रति सचेत बनाउनु, उनीहरूलाई सही र सुलभ जानकारी दिनु, र कृषि व्यवसायलाई थप सुरक्षित र जोखिमरहित बनाउनु कार्यक्रममा सहभागी किसानहरूले बीमाको महत्त्वबारे जिज्ञासा राखी, आफ्नो खेतीमा यसले दिने प्रत्यक्ष फाइदाबारे  जानकारी गराएको थियो ।

किसानहरूलाई शीत बीमाको विषयमा मात्र होइन, समग्र कृषि तथा पशुपालन क्षेत्रमा जोखिम व्यवस्थापनका उपायबारे पनि उपयोगी जानकारी दिएको छ।

कार्यक्रमको समापनमा, सहभागीहरूले बीमा प्रक्रियालाई अझै सरल र पहुँचयोग्य बनाउन सुझाव दिएका थिए, जसले भविष्यमा कृषकहरू र बीमा कम्पनीहरूबीच राम्रो सहकार्यको बाटो खोल्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

यस्ता क्रियाकलाप निरन्तर अगाडि बढाउन स्थानिय निकायसँग छलफल अन्तरकिरिया संगै सम्पन्न भएको  जनाएको छ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/