पाैष २६ मेल्लेख
मेल्लेखमा संचालन भएको १५औ राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सुक्रबार सम्पन्न भएको छ । राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा जनता मावि मेल्लेख प्रथम भएको छ । जनता मावि प्रथमले ६ स्वर्ण, २ रजत, ५ कास्य प्राप्त गरेको छन । दोस्रो भएको बासुकि मावि कुस्काेटले ५ स्वर्ण प्राप्त गरेको छ । यस्तै तेस्रो भएको दुर्गादेवि मावि नन्देगडाले ४ स्वर्ण प्राप्त गरेको छ । भलिबल खेलमा छात्र तर्फ प्रथम दुर्गादेवि मावि द्वितीय चण्डीका मावि र तृतीय बसुकि मावि भएकाे छन। यस्तै छात्रा तर्फ प्रथम नन्देश्वरि मावि द्वितीय दुर्गादेवि मा बि र तृतीय जनता मावि मेल्लेख भएको छ ।
कबाडी खेलमा भने छात्र ,छात्रा दुबै बासुकि माविले जितेकाे छ l
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ १५औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २२ गते देखि मेल्लेख गाउँपालिका जनता माविकाे खेल मैदान र चाैखुट्टे खेलमैदानमा सुरू भएको थियो ।
मेल्लेख गाउँपालिकाको सामाजिक विकास संयोजक चन्द्र बहादुर साउदको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउद रहेका थिए। अध्यक्ष साउदले मेल्लेखमा खेलकुदको विकासका लागि थप बजेटको आवश्यकता औंल्याउँदै खेलकुद क्षेत्रमा पालिकाबाट हुने सहयोगमा कुनै कमी नहुने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका विशिष्ट अतिथि मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काले खेलाडीहरूले अनुशासित भएर आफ्नो प्रतिभा प्रदर्शन गरेकाे भन्दै,राम्रो प्रतिभालाई पालिका बाट विशेष सहयोग गर्नुपर्नेमा जोड दिए।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशर बहादुर खड्काले खेलकुद क्षेत्रलाई अगाडि बढाउन आफ्नो तर्फबाट हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। यसैगरी वडा नं. ५ का अध्यक्ष प्रकाश बहादुर अधिकारीले खेलकुद सबैको साझा सम्पत्ति भएकाले सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताए।
शिक्षा अधिकृत बिरेन्द्र खड्काले विद्यार्थी,खेलाडीहरुले खुलेर आफ्नो खेल उत्कृष्ट प्रदर्शन गरेकाे भन्दै खेलाडीलाई धन्यवाद दिएका छन। आगामी दिनमा पनि जिल्लाबाट प्रदेश केन्द्रमा छनाेटमा पर्न उच्च मनाेबल का साथ आफ्नो प्रतिभा देखानु पर्ने बताएका छन ।
समापन कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरूले उत्कृष्ट खेलाडीलाई निष्पक्ष छनोटका लागि आह्वान गरेका थिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षा सरोकारवालाहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
समापन कार्यक्रमको सञ्चालन जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नृप बहादुर विकले गरेका थिए।
प्रतियोगितामा मेल्लेखका ९ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूले विभिन्न खेलकुद विधामा सहभागिता जनाएका थिए



