प्रविधि समाचार

वडा सचिवहरुका लागि कर संकलन प्रणाली सम्बन्धि तालिम

भाद्र ११
अछामको मेल्लेख गाउपालिकामा वडा सचिव सामाजिक परिचालक तथा वडा सचिव काे जिम्मेवारी ताेकेका व्याक्ति हरुका लागि कर संकलन प्रणाली सम्बन्धि दुई दिने तालिम शनिबार सम्पन्न भएकाे छ ।

वडा बाट प्रवाह गरिने सेवा छिटो छरितो र सेवा प्रवाह बापत काे लाग्ने दस्तुर तथा वडा बाट हुने अन्य काराेबार सबै अनलाइन मार्फत गर्ने उदेश्यले तालिमको अायाेजना गरिएकाे हाे।

मेल्लेख मा कागज रहित र सबै काराेवार बिधुतिय अनलाइन मार्फत गर्ने गरि ई सिफारिस प्रणाली काे प्रयोग ,र सराेवर काे माध्यम बाट सबै कामकाज प्रबिधि बाट प्रारम्भ गर्ने बिषयमा अभ्यास गरिएको सुचना प्रबिधि अधिकृत चन्द्रप्रकाश साउदले बताएका छन ।

तालिमको सहभागी काे तर्फबाट बाेल्दै कुस्काेट वडा कार्यलय सहायक दिल बहादुर साउदले तालिममा सिकेका कुरा कार्यनयन गरे सुशासनमा निकै सहयोग पुग्ने कामकाज छिटाे छरितो प्रादर्शि हने बताए ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/