स्वास्थ्य

वाक नेपाल द्वारा संचालित सेवा परियोजनाकाे समापन

वाक नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपालकाे सहयोग र वाक नेपालकाे साझेदारीमा संचालित  सेवा, परियोजनाकाे समापन गरिएको छ ।

वाक नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे साझेदारी तथा सहयोगमा सेवा(SEWA) परियोजना अन्तर्गत १ बर्षकाे अबधिमा  गरेका क्रियाकलापकाे  उपलब्धि बारे  समिक्षा गर्दै  परियोजना समापन गरेकाे हाे ।

परियोजनाले अछामको मेल्लेख गाउँपालिका कमलबजार नगरपालिका र  पन्चदेवल विनायक नगरपालिकामा  स्वास्थ्य सेवा प्रभावकारीता गुणस्तरीय सेवाका लागि स्वास्थ्य सेवा केन्द्र निर्माण तथा मर्मत सम्भार याेजना लगायतका क्रियाकलापमा काम गरेकाे थियाे ।

परियोजनाकाे काम बाट धेरै सहयोग भएको भन्दै परियोजनालाई धन्यवाद दिदै , परियोजना थप गर्न सराेकारवालेले माग सहित राखेका थिए ।

वाक नेपाल कार्य समिति उपाध्यक्ष अप्सरा कुवरकाे अध्यक्ष्यतामा भएकाे परियोजना समापन समारोहमा पन्चदेवल विनायक नगरपालिका उप प्रमुख हर्क बहादुर रावल मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्का लागयत वडा अध्यक्ष विषयगत  शाखा प्रमुख ,वल्र्ड भिजन वाक नेपाल संस्थाका उच्च पादाधिकारिहरुकाे सहभागिता रहेकाे थियाे

सेवा परियोजना समापन समारोहकाे संचालन सेवा परियोजना अधिकृत  केशवराज जाेसिले गर्नु भएको थियो।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/