समाचार

विद्यालयलाई रकम सहयोग गर्ने नव विवाहित दम्पतीलाई मेल्लेख गाउँपालिका ग¥यो सम्मान

संवाददाता
मेल्लेख, बैशाख १०
विद्यालयलाई रकम सहयोग गर्ने नव विवाहित दम्पतीलाई अछामको मेल्लेख गाउँपालिकाले सम्मान गरेको छ।
मेल्लेख गाउँपालिका–४ कुस्कोटका मनोज कुुमार भुल र राधिका भुलले आफ्नो वैवाहिक कार्यक्रमको अवसरमा सोही ठाउँमा रहेको वासुकि माध्यमिक विद्यालयलाई रकम सहयोग गरेका थिए।
दुई दिन अघि उनीहरूले विद्यालयका प्रधानाध्यापक कालुसिंह साउदलाई वैवाहिक जीवनको अवसरमा २१ हजार १ सय २१ रुपैयाँ सहयोग गरेका थिए। उनीहरुले यो रकम आफ्नो वैवाहिक कार्यक्रमबाट खर्च कटाएर विद्यालयको पठनपाठन कार्यमा सहज होस् भन्ने उदेश्यले दिएका हुन्।
विद्यालयमा कक्षा ११ र १२ का कक्षाहरु सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उदेश्यले उनीहरूले सामाजिक उत्तरदायीत्व वहन गर्दै सो रकम सहयोग गरेको बताएका थिए।
सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक कार्य गरेको भन्दै सोमवार मेल्लेख गाउँपालिकाले नव विवाहित यो जोडीलाई सम्मान गरेको छ।
उनीहरूलाई गाउँपालिकाको कार्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै खादा, माला र अविर लगाएर सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष ज्वालासिं साउदले जानकारी दिए।
युवाले आफ्नो गाउँ, समाजमा सामाजिक कार्य गर्नुपर्छ भन्ने संन्देश प्रवाह पनि यो जोडीले गरेको अध्यक्ष साउदको भनाई छ।
गाउँपालिकाका उपाध्यक्ष नृप खड्काले सामाजिक कार्यमा लाग्नेहरुलाई यसले प्रेरणा दिने काम गरेको बताए।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/