समाचार

विपन्न परिवारलाई बाख्रा वितरण

असार ३ मेल्लेख
अछाम मेल्लेख  गाउँपालिका वडा नम्बर ५ विन्धेबासिनका एकल महिला  र एच.आई भि संक्रमित ,तथा विपन्न १७ घरपरिवारलाई बाख्रा वितरण गरिएको छ । ५ न. वडा कार्यालय र वल्र्ड भिजन वाक नेपालकाे  एकीकृत उत्थान शिल जिबिका पार्जन तथा  पाेषण परियाेजना अन्तर्गत व्यावसायमा पुनस्र्थापन बन्नका लागि  सयुक्त साझेदारी निर्वाहमुखी पशुपालन कार्यक्रम  अन्तर्गत उनीहरूलाई साेमवार स्थानीय खरि जातका बाख्रा वितरण गरिएको हो ।
वडाले करिब २ लाख रुपैंयाको बाख्रा खरिद गरी १०परिवारलाई प्रति परिवार दुई वटाका दरले २०वटा बाख्रा वितरण गरेको हो ।  यस्तै  वाक नेपाल द्वारा वडा न.५का ७ घरपरिवार र वडा न ६ का १ परिवार  गरि जम्मा ८ परिवारलाई प्रति परिवारलाई ४ वटाका  दरले ३२ बाख्रा,  दुई लाख ८५हजार ७४० बराबरकाे ७ सय ७२ किलो बाख्रा वितरण गरेकाे छ ।  वडा न.५ का वडा अध्यक्ष प्रकाश बहादुर अधिकारीले वडा तथा संस्थाले  वितरण गरेको बाख्रालाई आफ्नै सम्पत्ति ठानी पालनपोषण गर्न आग्रह गर्दै,वडा अध्यक्ष  अधिकारले  विपन्न परिवारलाई स्वरोजगार बनाउँदै व्यावसायिक प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले बाख्रा वितरण गरिएको बताउनुभयो । सीमान्तकृत समुदायमा लक्षित निर्वाहमुखी पशुपालन कार्यक्रमले किसानहरूलाई व्यवसायीक बाख्रापालनतर्फ प्रेरित गर्न कार्यक्रम सफल हुने बताए। यस्तै वाक नेपालका कार्यक्रम व्यावस्थापक चेतराज जाेसीले ,बाख्रा पालन व्यावसाय सजिलो व्यावसाय भएकोले आयआर्जन र पाेषणमा सुधार ल्याउने    सकिने बताए, यस्ता क्रियाकलाप वर्षेनी गरिदै आएकाे भन्दै ,छुट्नु गएका विपन्न  परिवारलाई थप कार्यक्रम अगाडि बढाईने बताए ,यस्तै पशु प्राबिधिक नेत्र बुढले बाख्रामा स्वास्थ्य समस्या देखिएमा पशु सेवा शाखा बाट निशुल्क उपचार गरिने बताउनुभयो । यसैगरी बिमा कार्यलय साफेका हाेमराज जाेसिले पशु बिमा अनिवार्य भएकोले सबैले पशुविमा प्रक्रियापूरा गरि पशु बिमा गर्नुपर्ने बताए ,बाख्रा र व्याबसायिकाे बिमा पनि गरिएको छ ।
बाख्रा बितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि कार्यपालिका सदस्य ललिता कुमारी बिक वडा सदस्य चक्र बिक  नैयन साउद वाक नेपालका परियोजना अधिकृत निरन्जना पनेरु सामाजिक परिचालक रमेश भुल लगायतको सहभागिता रहेकाे वितरण कार्यक्रमकाे संचालन आस्था नेपालका सामाजिक परिचालक तपेन्द्र बिकले गरेका थिए ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/