समाचार

विवाह गर्न वडाको सिफारिस अनिवार्य

मेल्लेख, फागुन १४
अछामको  गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । गाउँपालिकामा बालविवाह न्यूनीकरण गर्न फागुन महिना देखि  यस्तो नियम बनाइएको हो । पालिकाका ८ वटै वडा कार्यालय मार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले बालविवाह नियन्त्रण गर्न अनेकौँ प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार बालविवाह रोक्न चुनौती भएपछि यस्तो व्यवस्था गरिएको हो । जुनसुकै उमेर समूहकाले विवाह गर्दा पनि अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काले बालविवाह रोक्न पालिका विभिन्न संघसंस्थाले जनचेतना अभिवृद्धि लगायतका थुप्रै कार्यक्रम सञ्चालन गरे पनि रोक्न नसकेपछि वडाको सिफारिस बाध्य गरिएको बताउनुभयो । उहाँका अनुसार गाउँघरमा १६–१८ वर्षको उमेरमा बिहे गर्ने क्रम राेकिएकाे  छैन । बिहे गरे पनि दर्ताका लागि वडामा नआउने गरेको पाइयो । कम उमेरमा गरिने बिहे रोक्न सिफारिस अनिवार्य गरिएको हो ।  बालबिबाह न्युनिकरण तथा राेक्नकाे लागि बाल बिबाह अन्त्यका लागि मेल्लेख गाउँपालिका र आस्था नेपालकाे प्राबिधिक सहयोगमा  रणनीतिक याेजना २०८० पनि  पारित भैसकेको  निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले  बताउनुभएको छ। मेल्लेख गाउँपालिकाले वडा न.३ ठाटिलाई बालमैत्री स्थानीय शासन वडा घाेषणा गरि सकेको छ भने वडा न.७ नन्देगडा लगायतको वडा घाेषणाकाे लागि तयारीमा विभिन्न क्रियाकलाप अघि बढाई रहेकाे छ ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/