वडा नं. ५

सराेकारवालहरु संग बालमैत्री स्थानीय शासन सम्बन्धि जानकारी बैठक सम्पन्न

मंसिर १० मेल्लेख

अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ बिन्धेबासनिमा सराेकारवालहरु संग बालमैत्री स्थानीय शासन सम्बन्धि जानकारी बैठक सम्पन्न भएको छ ।

वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश बहादुर अधिकारीको अध्यक्ष्यतामा भएको बैठकका प्रमुख अतिथि मेल्लेख गाउँ पालिका अध्यक्ष ज्वाला सिं साउद रहनु भएको थिए ।

बैठकमा मेल्लेख गाउँपालिका वडा नम्बर ५ लाई २०८२ भित्रै बाल मैत्री स्थानीय शासन वडा घाेषणा गर्नकाे लागि पूरा गर्नुपर्ने  न्युनतम सुचक बारे छलफल गरिएको छ ।

वडा नम्बर ५ लाई बालमैत्री वडा घाेषणा गर्न सबैले एकिबद्वता जनाउदै प्रतिबद्धता समेत  जनाएका छन । यस्तै  बालमैत्री स्थानीय शासन वडा घाेषण अभियानकै रुमा अगाडि बढाउन वडा अध्यक्ष प्रकाश बहादुर अधिकारीकाे अध्यक्ष्यतामा ३१ सदस्यीय बाल मैत्री स्थानीय शासन वडा समिति गठन गरेकाे छ । यस्तै टाेल समिति पनि गठन गरिनेे जनाएको छ। मेल्लेख गाउँपालिका ५  नम्बरको वडाकाे आयाेजना र आस्था नेपालकाे प्राबिधिक सहयोगमा भएकाे बैठककाे संचालन तथा सहजिकरण आस्था नेपालका सामाजिक परिचालक तित बहादुर बिकले गरेका थिए ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/