मेल्लेख १३ बैशाख
जिल्लाको साँफे बजार आगलागी पिडितका लागि मेल्लेख गाउँपालिका द्वारा तत्काल ५० हजार आर्थिक सहयोग गरेकाे छ ।
मेल्लेख गाउँपालिकाकाे विपद् व्यवस्थापन काेष बाट साँफेबगर नगरपालिका विपद् व्यवस्थापन काेष मार्फत सहयोग हुने गरि राहत व्यवस्था गरेकाे मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले बताउनु भएको छ ।
आगलागी प्रति दु:ख व्याक्त गर्दै थाेरै भए पनि राहतहाेस भन्ने उदेश्यले सहयोग गरिएको जनाएको छ ।आगामी दिनमा यस्ता घटनासँगै ठूलो क्षति हुन नदिन सबैले सजक हुन पनि अध्यक्ष साउदले बताएका छन ।
यस्तै मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्का आजै आगलागी भएको स्थान साँफे हाटबजार पुगेर अनुगमन समेत गर्नु भएको छ ।
अनुगमनको क्रममा उहाँले भने अचानक यस्ता विपद् आइ पर्दा सबैले आ आफ्नो ठाउँ बाट सहयोग गर्नु पर्ने बताएका छन । थप सहयोगका लागि पहल गरिने पनि बताए ।
जिल्लाको साँफे हाटबजारमा भीषण आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएको छ । आज बिहान साढे ३ बजे साँफेबगर नगरपालिका-३ स्थित हाटवजारमा आगलागी भएको थियो ।
सुवेच्छा होटलबाट विद्युत सर्ट भई सल्कीएको आगोले १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट हुँदा लाखौँको क्षति भएको छ ।
तीव्र बेगका कारण क्षणभरमै सुवेच्छा होटलबाट आगो सल्किँदै अन्य पसलमा आगो पुगेको थियो । आगो नियन्त्रणमा लिन स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, परिचालन गरिएको थियो । आगो बिहान ६ बजे नियन्त्रणमा आएकाे प्रहरीले जनाएकाे छ । तर, वारूणयन्त्रको अभावमा साँफे हाटबजारमा ठूलो क्षति भएको छ ।



