चैत ३१ मेल्लेख
अछामको मेल्लेख गाउँपालिकामा स्थानीय बाल अधिकार समितिको नियमित बैठक आइतबार सम्पन्न भएको छ ।
बाल अधिकार समितिका संयाेजक तथा उपाध्यक्ष नृप बहादुर खड्काकाे अध्यक्ष्यतामा भएको बैठकका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहेका थिए । बैठकमा आगामी आर्थिक बर्षमा बालबालिकाको माग र आवश्यकता अनुसारको कार्यक्रम निर्माण गरि बजेट बिनियोजन र कार्यन्वन गरिने
मेल्लेख गाउँ पालिका वार्ड न. ६ लाई बाल मैत्री स्थानीय शासन घोषण गर्न आवश्यक बजेट बिनियोजनका लागि ३ गते बस्ने कार्यपालिका बैठक मा छलफल गरि बजेट बिनियोजन गर्ने
मेल्लेख ६ लाई बाल मैत्री स्थानीय शासन घोषणा गर्न १५ गते भित्र पालिकाको टोलि र २० गते भित्र जिल्ला स्तरीय टोलि ले अनुगमन गर्ने
आगामी नयाँ शैक्षिक सत्रमा बालकोष बाट अती बिपन्न परिवारका बालबालिकालाई आवश्यक सहयोग गर्ने लगायत
एक आपसमा नयाँ बर्षकाे शुभकामना आदानप्रदान समेत गरेका थिए । मेल्लेख गाउँपालिका स्थानीय बाल अधिकार समिति काे समन्वय र वल्र्ड भिजन आस्था नेपाल सहयोगमा भएको बैठकको सहजीकरण आस्था नेपाल का बाल संरक्षण अधिकृत तथा स्थानीय बाल अधिकार समिति सदस्य भ्वान सिंह सार्कि गरेका थिए
बैठकमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढा वडा अध्यक्ष लगायत बाल अधिकार समितिका पदाधिकारी हरु सहभागी थिए ।



