समाचार

स्थानीय मेलमिलाप कर्ताहरुलाई क्षमता अभिवृद्धि सम्बन्धि अधारभुत तालिम सम्पन्न

बैशाख २०

मेल्लेख: अछामको मेल्लेख गाउँपालिकामा  स्थानीय सामुदायिक मेलमिलाप कर्ताका लागि  क्षमता अभिवृद्धि सम्बन्धि आधारभुत तालिम सम्पन्न भएको छ ।

मेल्लेख गाउँपालिका न्यायिक समितिको आयाेजनामा तालिम सनिवार सम्पन्न भएको हाे ।

मेल्लेख गाउँपालिका न्यायिक समिति  अन्तर्गत वडा बाट छनाेट गरि प्रत्येक वडाका दुई जान गरि १६ जना मेलमिलाप कर्ता र न्यायिक समितिका पदाधिकारीलाई तालिम दिइएको हाे।

समुदायमा हुने सान तिना विवाद र विवाद सम्बन्धि आइपर्ने समस्या लाई मेलमिलाप कर्ता मार्फत गाउँमै नै समाधान गर्ने उदेश्यले तालिमकाे आयाेजना गरिएको थियोे ।

यस्तै  तालिममा न्यायिक समिति र मेलमिलाप कर्ता आफ्नोे भुमिका काम कर्तव्य अधिकार तथा कानुनी अवधारणा बारे जानकार भएका छन ।

तालिम मेल्लेख गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति सयाेंजक नृप बहादुर खड्काको अध्यक्ष्यतामा सम्पन्न भएको हाे ।

तालिम समापन बाेल्दै उपाध्यक्ष खड्काले न्यायिक समिति र मेलमिलाप कर्ता मार्फत समुदायमा न्यायिक कामकाज प्रभावकारी रुपमा संचालन गर्न तालिमकाे आयाेजना गरेकाे बताएका छन ।

गाउँ समुदायमा भैरहने विवादलाई गाउँ समुदायमा नै मिलाउन टाढा जानु पर्ने बाध्यताकाे अन्त्य हुनेमा विश्वस्त रहेकाे बताए।

मेलमिलाप कर्ता र न्यायिक समिति लाई आफ्नोे जिम्मेवारी पुर्ण ढंगले तालिममा सिकेको कुरा कार्यनयन गर्न पनि आग्रह गर्नु भएको छ ।

न्यायिक समिति सदस्य केशर बहादुर बुढा रतन खड्का लगायत मेलमिलाप कर्ताले तालिममा सिकेका कुरा कार्यनयन गर्दै आफ्नो पहिचान सहित समुदायकाे लागि काम गर्नुपर्ने बताए ।

तालिमको सहजिकरण अधिवक्ता शिखर खड्का र प्रशिक्षक एलिशा कुँवरले गरेका थिए

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/