बैशाख १४ मेल्लेख
अछामकाे मेल्लेख गाउँपालिका वडा न.३ ठाँटी दर्बामा संचालन गरिएको २५ दिने डिजिटल बजार तथा वित्तीय साक्षरता कक्षा सम्पन्न भयको छ।
चैत १९ गते देखि सुरु गरिएको डिजिटल बजार तथा बित्तिय साक्षरता कक्षा बैशाख १४ गते आइतबार सम्पन्न भयको हो ।
वाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सयुक्त साझेदारीमा संचालित एकिकृत उत्थानशिल जिबिकोपार्जन तथा पोषण परियोजना अन्तर्गत किसान वा उत्पादक समुहको ज्ञान र सिपमा सुधार ल्याउन, उत्पादक कर्ताहरुले उत्पादन गरेकाे बस्तु प्रत्यक्ष रुपमा बजारिकरण र सामुहिक कृषि उत्पादन गर्दा हुने फाईदा र बेफाइदा बारे व्यापक छलफल गरिएको छ ।
यस्तै डिजिटल एप मार्फत गरिने काराेवार , कृषि स्मार्ट कृषि पशु बजार ,ई सेवा माेबाइल बैंकिङ नागरिक एप इमेल इन्टरनेट लगायत एप बाट गर्न सकिने काराेवार बारे जानकारी गराएको छ । यसैगरी उनीहरुको नियमित साक्षरता कक्षा बाट विभिन्न एप बाट गर्न सकिने डिजिटल विधुतिय काराेवारमा सक्षम भएका छन ।
कक्षा समापन कार्यक्रम वडा न.३ का वडा सदस्य केशर बहादुर बुढाकाे अध्यक्षतामा सम्पन्न गरिएको थियाे।
कक्षामा सहभागी मना बुढा ,बाल बुढा लगायतले कक्षा निकै उपयोगी रहेकाे भन्दै कक्षामा सिकेका कुरा व्यावहारमा लागुु गर्नुपर्ने जनाएका छन ।डिजिटल बजार तथा बित्तिय साक्षरता कक्षा समापन कार्यक्रमकाे संचालन वाक नेपालका सामाजिक परिचालक कविता साउदले गरेका थिए ।
कक्षाको सहजिकरण सहजकर्ता खडक बहादुर धामीले गरेका हुन ।
कक्षामा २२ जना महिला पुरुषको सहभागिता रहेकाे थियो ।



