शिक्षा समाचार स्थानीय

३५ दिने डिजिटल बजार तथा वित्तीय साक्षरता कक्षा सम्पन्न

अछाम जिल्लाकाे मेल्लेख गाउँपालिका वडा न.५ बिन्धेवासिनिमा संचालन गरिएको  ३५ दिने डिजिटल बजार तथा वित्तीय साक्षरता कक्षा  सम्पन्न भयको छ।
फागुन १८ गते देखि  सुरु गरिएको डिजिटल बजार तथा बित्तिय साक्षरता कक्षा चैत्र २७ गते मंगलबार  सम्पन्न भयको हो
वाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सयुक्त साझेदारीमा संचालित एकिकृत उत्थानशिल जिबिकोपार्जन तथा पोषण परियोजना अन्तर्गत  किसान वा उत्पादक समुहको ज्ञान र सिपमा सुधार ल्याउने, उनीहरुको नियमित साक्षरता कक्षाहरु मार्फत बजार र बजारमा प्रयोग हुने भाषा तथा परिभाषाहरुमा सक्षम बनाउने उदेश्यले कक्षा संचालन गरिएको थियाे
कक्षा समापन कार्यक्रम वडा न.५ का वडा अध्यक्ष  प्रकाश बहादुर अधिकारिकाे अध्यक्षतामा सम्पन्न गरिएको थियाे।
कक्षा समापन  कार्यक्रममा कार्यपालिका सदस्य ललिता बि क वडा सदस्य नयन सि साउद र आस्था नेपालका सामाजिक परिचालक तपेन्द्र बि क सहजकर्ता संगीता अधिकारी लगायतको सहभागिता रहेको थियो र सहभागीको तर्फबाट प्रतिबेदन को प्रस्तुतिकरण सुन्तला बि क ले गरेका थिए । कक्षामा सहभागी  तर्फबाट ललित ब. खड्का , ईश्वरि ठकुल्ला ,जानकि साउद र निर्मला साउद लगायतले कक्षा निकै उपयोगी रहेकाे भन्दै कक्षामा  सिकेका कुरा  व्यावहारमा लागुु गर्नुपर्ने जनाएका छन ।डिजिटल बजार तथा बित्तिय साक्षरता कक्षा समापन कार्यक्रमकाे संचालन वाक नेपालका सामाजिक परिचालक रमेश भुलले गरेका थिए ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/