समाचार

४ दिने विपद् प्रतिकार्यका लागि सामुदायिक पहल (CADRE) तालिम सम्पन्न

जेठ ८ मेल्लेख
अछामको साँफेबागरमा ४ दिने विपद् प्रतिकार्यका लागि सामुदायिक पहल ( CADRR) तालिम सम्पन्न भएको छ ।

वल्र्ड भिजन इन्टरनेशनलकाे सहयोग वाक नेपाल एकीकृत उत्थानशिल जिविकाे पार्जन तथा पाेषण परियाजनाकाे आयाेजना र परियाेजना लागू भएको  कमलबजार , साँफेबगर , पञ्चदेवल विनायक नगरपालिकामेल्लेख गाउँपालिका  समन्वयमा तलिम सम्पन्न भएको हाे ।

विपद् जोखिम न्युनिकरण तथा प्रतिकार्य क्षमताको विकास गर्ने  उद्देश्यसाथ सञ्चालन गरिएको ४ दिने ‘सामुदायिक आधारित विपद् प्रतिकार्य तालिम (CADRE)’ ४ वटा पालिकाका २३
जनाले सहभागिता जनाएका थिए।
तालिममा सहभागीहरूले भूकम्प, बाढी, पहिरो,  प्राकृतिक प्रकाेप प्राथमिक उपचार आधारभूत जीवन सुरक्षा, सब व्यवस्थापन आगलागी , आधारभूत खोजविधि, पानीजन्य आपतकाल लगायतका  कारकबाट  विपद्का समयमा अपनाउनुपर्ने उपाय, प्रारम्भिक उद्धार,, सामुदायिक समन्वय जस्ता विषयमा ,सामुदायिक उद्वारकर्ताले व्यावहारिक ज्ञान तथा सीप हासिल गरेका थिए।

जेठ ५ गते वाक नेपाल कार्यसमिति उपाध्यक्ष अप्सरा कुँवरकाे आध्यक्षतामा सुरु भएको  तालिम  समापन समारोहमा वाक नेपाल कार्यसमिति अध्यक्ष मीन बहादुर कुवर काे अध्यक्ष्यतामा सम्पन्न भएको थियो । समापन अवसरमा बोल्दै अध्यक्ष कुवरले सामुदायिक सतर्कता र तालिमद्वारा प्राप्त सीपहरू विपद्को बेला महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।
, जसले स्थानीय तहमा विपद् प्रतिकार्यमा सक्षम जनशक्ति तयार पार्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ।
तालिम समापनमा सहभागीकाे तर्फबाट बाेल्दै मेल्लेख गाउँकार्यपालिका सदस्य लालसरा कुमारी बिक र सहभागी भरत धामीले तालिम महत्त्वपूर्ण रहेकाे भन्दै तालिममा सिकेका कुरा आ आफ्नो स्थानीय तहमा कार्यनयन गर्नुपर्ने बताएका छन ।
तालिममा नेपाल रेडक्रस साेसाइटी अछामका रुप बहादुर कठायत वाक नेपाल कार्यक्रम व्यावस्थापक टेक बहादुर थापा कार्यक्रम संयाेंजक लक्ष्मीभक्त जाेसी ले थप सुझाव राखेको थिए
तालिमको सहजिकारण प्रशिक्षक प्रकाश केसि,डि बी पछाई चन्द्र साउद रतन टमट्टा सुर्य थापा र सम्झना खत्रीले गरेका थिए तालिम समापकाे संचालन  वाक नेपाल सामाजिक परिचालक खेमराज बडुवालले गरेका थिए ।

मेल्लेख गाउँपालिका
यो वेबसाइट मेल्लेख गाउँपालिकाको आधिकारिक समाचार पोर्टल हो । यो पोर्टलले पालिका भित्रका समाचार, विचार, मनोरञ्जन, खेलकुद, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पालिकाका सूचना र समाचारका लागी प्रतिबद्ध रहदै अनलाईन समाचार पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
https://news.mellekhmun.gov.np/