साउन ५ मेल्लेख गाउँ गाउँमा इन्टरनेटको पहुँच विस्तारको लागी अछामको मेल्लेख गाउँपालिकाले काम थालनी गरेको छ । इन्टरनेटको पहुँच विस्तारले ग्रामीण क्षेत्रका मानिसको जीवनशैली बदलिने र गाउँ बाहिर, विदेशमा रहेका आफन्तसंग सहजै जोडिउन भन्ने उदेश्यले फाईबर इन्टरनेट विस्तारको काम अगाडी बढाइएको मेल्लेख गाउँपालिका अध्यक्ष ज्यवासिं साउँदले बताउनुभयो । प्रविधिको पहुँच सबै वडामा विस्तार गरी सुशासन […]
प्रविधि
मेल्लेखका ४० जना लाई सीप बिकास तालिम
फागुन १२ मेल्लेख मेल्लेखमा ४० जना युवा युवतीलाई ५० दिने तालिम दिइने भएको छ। ´´न्युनतम राेजगार नागरिकको अधिकार, श्रमको सम्मान राष्ट्रकाे अभियान भन्ने मुल नाराका साथ कार्य स्थलमा आधारित सीप बिकास तथा जीवन उपयोगी सीप विषयक ५० दिने तालिम साेमबार मेल्लेखमा उद्घाटन गरिएको छ । तालिमको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले उद्घाटन गर्नु भएको थियो […]
मेल्लेखका किशोरीहरुका लागि ३ महिने कम्प्युटर तालिम
पुस १ मेल्लेख अछामको मेल्लेख गाउँपालिकामा तिन महिने कम्प्युटर सिकाइ कलास साेमबार देखि सुरु भएको छ । मेल्लेख गाउँपालिका महिला बालबालिका शाखाको आयाेजनामा कम्प्युटर सिकाई कलास सुरु भएको हाे । मेल्लेखका किशोरी हरुलाई बेशिक कम्प्युटर सम्बन्धि दक्ष बनाउन तालिमको आयाेजना गरेकाे महिला बालबालिका शाखा प्रमुख सावित्री खड्काले बताएका छन । तालिममा मेल्लेखका प्रत्येक वडा बाट […]
मेल्लेखमा जलवायु मैत्री कृषक पाठशाला सुरु
अछामको मेल्लेख गाउँपालिका अन्तर्गतका ८ वटै वडामा जलवायु मैत्री कृषक पाठशाला सुरु गरिएको छ । कृषक हरुलाई आधुनिक कृषि प्रणालीमा जगरुप गराई कृषि प्रविधि बारे जानकार कृषि मैत्रीमा सक्षम बनाउने उदेश्यले पाठशाला सुरु गरिएको हाे । वाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना अन्तर्गत बिभिन्न बालिमा जलवायु मैत्री […]
मेल्लेखमा सूचना प्रविधि सम्बन्धि ३ दिने तालिम सम्पन्न
चैत २६ मेल्लेख अछामको मेल्लेख गाउँपालिकामा सुूचना प्रबिधि सम्बन्धि तीन दिने तालिम आज सम्पन्न भएको छ । स्थानीय सरकार बाट हुने काम काज सेवा प्रबाहमा डिजिटल माध्यम बाट बिधुतिय सुशासन कायम गर्न र छिटो छरितो प्रबिधि मार्फत सेवा प्रभावकारी बनाउने उदेश्यले तालिमको आयाेजना गरिएकाे थियो । वडामा कार्यरत कर्मचारी काे क्षमता अभिवृद्धि गर्दै सामुयिक सिकाइ […]
स्थानीय राजस्व व्यवस्थापन प्रणाली कार्यान्वयनमा
महालेखा नियन्त्रक कार्यालयबाट सञ्चालनमा रहेको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा ‘रेभिन्यु मोडल’ सञ्चालनमा ल्याइएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज एक कार्यक्रमबीच उक्त मोडलको उद्घाटन गरे। यो प्रणाली सञ्चालनमा आएसँगै वित्तीय प्रतिवेदन ढाँचामा एकरूपता, सेवा प्रवाहमा सहजता, खर्चमा मितव्ययिता र वित्तीय अनुशासनमा सुधार हुने अपेक्षा गरिएको छ । आजदेखि सुरु भएको […]
इन्टरनेट एक्सप्लोरर प्रयोग नगर्न माइक्रोसफ्टको चेतावनी
काठमाडौं : इन्टरनेट एक्सप्लोरर अझै पनि धेरैले प्रयोग गरिरहेका छन् भन्दा अचम्म लाग्न सक्छ । तर, यथार्थ त्यही हो । अबको केही महिनामा कम्पनीले इन्टरनेट एक्सप्लोरर पूर्ण रुपमा बन्द गर्ने तयारी गरिरहेको छ । तर, अझै पनि यसका हजारौं प्रयोगकर्ता रहेका छन् । यस्तोमा कम्पनीले प्रयोगकर्तालाई चेतावनी दिँदै इन्टरनेट एक्सप्लोररको विकल्प प्रयोगमा ल्याउन आग्रह गरेको […]
वडा सचिवहरुका लागि कर संकलन प्रणाली सम्बन्धि तालिम
भाद्र ११
अछामको मेल्लेख गाउपालिकामा वडा सचिव सामाजिक परिचालक तथा वडा सचिव काे जिम्मेवारी ताेकेका व्याक्ति हरुका लागि कर संकलन प्रणाली सम्बन्धि दुई दिने तालिम शनिबार सम्पन्न भएकाे छ ।
वडा बाट प्रवाह गरिने सेवा छिटो छरितो र सेवा प्रवाह बापत काे लाग्ने दस्तुर तथा वडा बाट हुने अन्य काराेबार सबै अनलाइन मार्फत गर्ने उदेश्यले तालिमको अायाेजना गरिएकाे हाे।
मेल्लेख मा कागज रहित र सबै काराेवार बिधुतिय अनलाइन मार्फत गर्ने गरि ई सिफारिस प्रणाली काे प्रयोग ,र सराेवर काे माध्यम बाट सबै कामकाज प्रबिधि बाट प्रारम्भ गर्ने बिषयमा अभ्यास गरिएको सुचना प्रबिधि अधिकृत चन्द्रप्रकाश साउदले बताएका छन ।
तालिमको सहभागी काे तर्फबाट बाेल्द कुस्काेट वडा कार्यलय सहायक दिल बहादुर साउदले तालिममा सिकेका कुरा कार्यनयन गरे सुशासनमा निकै सहयोग पुग्ने कामकाज छिटाे छरितो प्रादर्शि हने बताए ।
मेल्लेखमा ३५ वटा आधारभुत बिद्यालय लाई इन्टरनेट हस्तान्तरण
भाद्र ११ अछामको मेल्लेख गाउपालिका अन्तर्गतका ३५ वटा अाधारभुत बिद्यालय लाई इन्टरनेट हस्तान्तरण गरेकाे छ । मेल्लेख गाउपालिका काे समन्वय नेपाल दुरसचार प्राधिकरण मार्फत ग्रामीण दुरसचार विकास काेष र शांग्रिला इन्फरमेटिक्स प्रालिको प्रबिधिक सहयोगमा ७३ हजार ९ सय बराबरको सामाग्री हस्तान्तरण गरिएको बताएको छ ।
सामुदायिक अाभारभुत बिद्यालय मा मार्फत कार्यसम्पादन तथा प्रबिधि बाट सेवा प्रबाह गर्न र बालबालिकालाई प्रबिधि ज्ञान संग जाेडेर शैक्षिक गुणस्तर राम्रो बनाउन इन्टरनेट हस्तान्तरण गरिएकाे मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउदले बताएका छन । उहाले बालबालिका काे प्रबिधि ज्ञान सीप अभिबृदि गर्न इन्टरनेट काे व्यवस्था गरिएको अध्यक्ष साउदले बताए ।यस्तै हस्तान्तरण कार्यक्रममा मेल्लेख गाउपालिकाका प्रमुख प्रशासकीय
अधिकृत धुर्ब प्रसाद सापकोटा ले अहिले काे युग प्रबिधि मैत्र र प्रविधि संग जाेडेर शैक्षिक ज्ञान दिनुपर्ने भएको ले,सबै चिज बस्तुकाे प्रयाेग गरेर राम्रो विद्यार्थी उत्पादन गर्ने मुख्य काम शिक्षक काे रहेकाे बताएका छन । साे इन्टरनेट हस्तान्तरण कार्यक्रम काे संचालन मेल्लेख सुचाना प्रबिधि अधिकृत चन्द्रप्रकाश साउदले गर्नु भएकाे थियाे ।









