स्वास्थ्य

मेल्लेखमा किशाेर किशाेरी मैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धि अिभिमुखिकरण सम्पन्न

अछामकाे मेल्लेखमा किशाेर किशाेरी मैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ। किशाेर किशाेरी हरुलाई आबश्यक स्वास्थ्य सेवा  सहजै  पहुच र उपलब्ध गराउने उदेश्यले कार्यक्रमकाे आयाेजना गरेकाे थियाे ।

स्वास्थ्य

पूर्ण खोप सुनिश्चितता तथा दिगोपन सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण सम्पन्न

बैशाख २६ अछामको गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपन सम्बन्धी पालिका स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। मेल्लेख गाउँपालिका उपाध्यक्ष तथा पालिका स्तरीय खाेप समन्वय समितिका सदस्य नृप बहादुर खड्काको अध्यक्ष्यतामा बैठक तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे । बैठकमा खोप कार्यक्रमको वर्तमान अवस्था, चुनौतीहरू, समाधानका उपाय र दीगो खोप […]

स्वास्थ्य

मेल्लेखका वयोवृद्धहरुका लागि निशुल्क आयुर्वेद स्वास्थ्य शिविर

अछाम , फागुन २६ गते । अछामको मेल्लेख गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।शिविरमा यहाँका झण्डै एक हजार ४५९ जनाले सेवा लिएका छन् । मल्लेख गाउँपालिको अध्यक्ष सङ्ग बाआमा कार्यक्रम अन्तर्गत पालिकाले  फागुन १३ गते देखि यहाँका सबै वडामा यो निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको थियाे । यसरी गाउँमै सञ्चालन गरिएको  […]

स्वास्थ्य

वाक नेपाल द्वारा संचालित सेवा परियोजनाकाे समापन

वाक नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपालकाे सहयोग र वाक नेपालकाे साझेदारीमा संचालित  सेवा, परियोजनाकाे समापन गरिएको छ । वाक नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे साझेदारी तथा सहयोगमा सेवा(SEWA) परियोजना अन्तर्गत १ बर्षकाे अबधिमा  गरेका क्रियाकलापकाे  उपलब्धि बारे  समिक्षा गर्दै  परियोजना समापन गरेकाे हाे । परियोजनाले अछामको मेल्लेख गाउँपालिका कमलबजार नगरपालिका र  पन्चदेवल विनायक नगरपालिकामा  […]

स्थानीय स्वास्थ्य

मेल्लेखमा स्वास्थ्य संस्था मर्मत सम्भार याेजना हस्तान्तरण कार्यक्रम सम्पन्न

मंसिर २४ मेल्लेख अछामको मेल्लेखमा स्वास्थ्य संस्था मर्मत सम्भार याेजना हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मेल्लेख गाउँपालिकाकाे समन्वय तथा वाक नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे साझेदारी तथा सहयोगमा सेवा(SEWA) परियोजनाकाे अन्तर्गत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा मर्मत सम्भार याेजना हस्तान्तरण कार्यक्रम मेल्लेख गाउँपालिका सभा हलमा सम्पन्न भएको हाे  ।परियोजनाले विशेषगरी वडा न.३ र […]

वडा नं. ५ स्वास्थ्य

मेल्लेखमा आँखा उपचार केन्द्र संचालन

मंसिर १० मेल्लेख  —जिल्लाको पन्ध्र बीस क्षेत्रमा पर्ने मेल्लेख गाउँपालिकाकाे बिन्धेबासनिमा आँखा उपचार केन्द्र संचालन गरिएको छ ।सामान्य उपचारका लागि पालिका क्षेत्रका स्थानीय  साँफेबगर  तथा धनगढी जान बाध्य हुँदै आएकाले पालिकावासीले स्थानीय स्तरमै सेवा पाउन भनि मेल्लेख गाउँपालिका, वडा नम्बर ५ बिन्धेवासनि र च्यारिट हेल्थ फाउन्डेसन नेपालकाे  सहकार्यमा आँखा उपचार केन्द्र संचालनमा ल्याइएको हो । […]

स्वास्थ्य

युनाइटेड अजाेड इन्स्योरेन्स लिमिटेडले समुदायमा संचालन गरेकाे घुम्ती बिमा सम्पन्न

मंसिर ८ अछामको मंगलसैन नगरपालिकामा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले स्थानीय समुदायको आवश्यकता र मागलाई मध्यनजर गर्दै मगलसेन नगरपालिकाका विभिन्न वडाहरूमा घुम्ती बिमा कार्यक्रम सनिवार   सम्पन्न गरेकाे छ । मंसिर २ देखि ८ गते सम्म आयोजना गरेकाे घुम्ती शिविरमा पशुधन जस्तै गाई, भैंसी, गोरु, र बाख्राको बिमा सम्बन्धी जानकारी तथा सेवा प्रदान गरिएको छ। साथै, किवी […]

पुर्वाधार वडा नं. ४ वडा नं. ५ समाचार स्वास्थ्य

मेल्लेखकाे चाैखुट्टेमा १५ बेड अस्पतालको शिलान्यास

कात्तिक १० मेल्लेख अछामको मेल्लेख गाउँपालिका वडा न.५बिन्धेबासिनिकाे चाैखुट्टेमा १५ बेड अस्पतालको सनिवार शिलान्यास गरेकाे छ । शिलान्यास मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले गर्नु भएको हाे । शिलान्यास पछि बाेल्दै अध्यक्ष साउदले दुर्गम ठाउँका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्नकै लागि मेल्लेखकाे आधारभुत अस्पतालमा एम बि बि एस डाक्टर सहित दक्ष स्वास्थ्यकर्मी द्वारा स्वास्थ्य सेवा […]

वडा नं. ५ स्थानीय स्वास्थ्य

मेल्लेखमा सेवा परियोजनाकाे पालिका स्तरीय बैठक सम्पन्न

असार ३० मेल्लेख अछामको मेल्लेख गाउँपालिका गुणस्तरीय स्वास्थ्य सेवाका लागि अधारभुत सेवाहरुकाे उपलब्धता सम्बन्धि परियोजनाकाे पालिका स्तरीय बैठक सम्पन्न भएको छ ।  मेल्लेख गाउँपालिकाकाे समन्वय तथा वाक नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे साझेदारी तथा सहयोगमा सेवा(SEWA) परियोजनाकाे बैठक आईतवार  मेल्लेख गाउँपालिका सभा हलमा  सम्पन्न भएको हाे  ।परियोजनाले विशेषगरी वडा न.३ र ४ काे बर्थिङ सेन्टर […]

समाचार स्वास्थ्य

बर्थिङ सेन्टरका नर्सिङ स्टाफ अनमी लाइ सीप बिकास तालिम

असार १० मेल्लेख अछामको मेल्लेख गाउँपालिका वडा न.३ र ४ मा रहेको बर्थिङ सेन्टरमा कार्यरत अनमि नर्सिङ स्टाफ  हरुका लागि, मातृ तथा बालबालिका स्वास्थ्य सेवा अन साइट सम्बन्धि तीन दिने  तालिम सम्पन्न भएकाे छ । वाक नेपालकाे SEWA परियोजना अन्तर्गत कुयडा बिर्थिङ सेन्टरमा तालिम आईतवार सम्पन्न भएको हाे । तालिम सेवा प्रदायक हरुले गुणस्तरिय सेवाहरु […]